२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

शिवपुरीमा बनाइँदैछ २५ अर्ब लागतमा साढे ९४ मिटर अग्लो नागमती बाँध

काठमाडौं । उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध ९ड्याम० बनाउन लागिएको छ। उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नागरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा धाप बाँधको निर्माण सम्पन्नपछि अर्को नागमती बाँँध निर्माणको प्रक्रिया सुरू गरिएको हो। वर्षायाममा खेर जाने पानी संकलन गरेर हिउँदमा बागमतीमा पानीको बहाव बढाउने प्रमुख…