काठमाडौँ । अभिनयमा अब्बल मानिने कलाकारमा पर्छन् अभिनेता कामेश्वर चौरसिया। झन्डै दुई दशकअगाडि कलाकार बन्ने सपना बोकेर मधेसको पर्साबाट काठमाडौं आएका अभिनेता चौरासियाले मुख्य भूमिका प्राप्त गर्न १७ वर्ष प्रतीक्षा गर्नुपर्यो। यसपालि दसैंको अवसर पारेर फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शन हुने चलचित्र अभिमन्युः च्याप्टर १मा उनले पहिलोपटक कथालाई नेतृत्व गर्ने अवसर पाएका छन्। मैले…