नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तर्घात गर्ने रोग रहेकोले त्यसलाई मुक्त गर्नुपर्ने बताएका छन्। कांग्रेस मधेस प्रदेशको पहिलो सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै सभापति देउवाले भने, ‘हाम्रो पार्टीलाई अन्तर्घातको ठूलो रोग लागेको छ। त्यसबाट मुक्त गरेर यो पार्टीलाई भरसक बहुमत प्राप्त गर्ने पार्टीका रूपमा स्थापित गर्न सहयोग गर्नुहोला। यो काम मधेस प्रदेशबाटै अघि बढ्नेछ भन्ने…