२२ कार्तिक २०८३, शनिबार | Sun Nov 8 2026

भुटानका राजाले गरे स्वयम्भू र बौद्धनाथको दर्शन

काठमाडौं । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन गरेका छन् । आज बिहान नेपाल आइपुगेका भुटानी नरेश वाङचुकले यसअघि स्वयम्भूनाथको दर्शन गरेका थिए । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौं आएका भुटानी राजा वाङचुक आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।