धादिङ । होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई दुई लाख रुपैयाँ जरिवाना गराइएको छ। खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गह्नाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटल सञ्चालकले ती ग्राहकलाई गालीगलौज समेत गरेका जनाइएको छ। बिक्री गर्न पकाएर राखेको खानेकुरा…