कैलाली । कैलालीको टीकापुरका झनकप्रसाद तिमिल्सिना लामो समय शिक्षण गरेर सेवानिवृत्त भए । उनले सेवानिवृत्त भएपछि राज्यबाट पाउने निवृत्तिभरण पाइरहेका छन् । चालू आर्थिक वर्षबाट निवृत्तिभरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि उहाँको पुरानो नागरिकताले काम नगर्दा नयाँ बनाउनुपर्ने भयो । विसं २०३४ मा जिल्ला प्रशासन कार्यालय अछामबाट जारी भएको नागरिकताको प्रतिलिपि उनले लिन पाएनन् ।…