काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अशक्त र गरिब नागरिक बिरामीका लागि निःशुल्क उपचारको सुविधा सुरु गरेको छ । उपत्यकामा रहेका ५२ अस्पतालका ३७४ बेडबाट बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने महानगरले जनाएको छ । काठमाडौँ महानगरवासी मात्र नभएर देशैभरका अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर आएमा निःशुल्क उपचारको व्यवस्था गर्ने जनाएको…