काठमाडौं । आगामी चैत्र १५ देखि २७ गतेसम्म माध्यमिक शिक्षा (एसईई) परीक्षा सञ्चालन हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो । चैत ११ र १२ गते होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए । बोर्डको वार्षिक कार्यतालिका अनुसार…