नुवाकोट । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा विकासको अभियानले गति लिन सुरु गरेको बताउनुभएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ मा रहेको बेलकोट भञ्याङ माविको स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा। महतले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो( ‘सबैको पालो आउँछ, अब आर्थिक वृद्धि गर्ने पालो हाम्रो आएको…