३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

बालकुमारी घटना : मृतकका परिवारसँग सहमति, दुई मन्त्रीको भूमिका छानबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ । अन्तत ललितपुर बालकुमारी घटनामा ज्यान गुमाएका परिवार र सरकारपक्षबिच सोमबार चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा आज भएको सहमतिअनुसार मृतकको परिवारलाई परिवारको सल्लाहमा एक(एक जनालाई उपयुक्त खालको रोजगारीको ब्यवस्था गराउने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने, मृतक विरेन्द्र शाह र सुजन राउतलाई सहिद…