ललितपुरको सानेपास्थित कार्यालयमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबारदेखि सुरू भएको छ।संघीय सरकारमा रहेका मन्त्रीहरुले पार्टीसँग समन्वय नगरी कामकारबाही गरेको गुनासा आएपछि मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा गर्न बैठक राखिएको हो। यस अघिका २ ओटा बैठक लाइभ गरेको कांग्रेसले बिहीबारदेखि सुरू बैठक भने लाइभ गरिएको छैन। संघीय सरकारमा कांग्रेसका नौ जना मन्त्री छन्। यी मन्त्रीका कामकारबाहीबारे समीक्षा…