काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सबैको साथ आवश्यक भएको बताएकी छन् । बुधबार ९कात्तिक ५० प्रधानमन्त्री निवास बालुवाटारमा कलाकारसँगको भेटमा उनले भनिन्, “समाजमा तपाईं कलाकारहरूको प्रभाव छ, सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्नका लागि तपाईंहरूले पनि भूमिका खेलिदिनुहोस् । हाम्रा केही कमी–कमजोरी भए पनि औँल्याइदिनुहोस् । तर, असल नियतले काम गर्दा गर्दै कसैले गाली…