काठमाडौं । जुम्ला–सुर्खेत सडकखण्ड अवरुद्ध भएको छ । सडक भासिएर उक्त सडकखण्ड अवरुद्ध भएको हो । कालीकोट खाँडाचक्र नगरपालिका–२ काले खोलास्थित सडक आज बिहान साढे ७ बजे भासिएको प्रहरीले जनाएको छ । सडक भासिएपछि लामो तथा छोटो दुरीका सवारी साधन अलपत्र परेका छन् ।