काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ । प्राधिकरणले आज (शुक्रबार) एक सूचना जारी गर्दै दसौँ तहदेखि पाँचौँ तहसम्मको प्रशासन र प्राविधिकतर्फ विभिन्न पदमा खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत ९५३ जना स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। प्राधिकरणले दसौँ तह अन्तर्गत प्राविधिकतर्फ एक जना प्रबन्धक माग गरेको छ…