हेटौंडा । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।आज मात्र नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो । आजमात्रै मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका थिए ।