काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तराई क्षेत्रमा उत्पन्न घटनाक्रमबारे कोसी र मधेस प्रदेशबाट निर्वाचित पार्टीका जनप्रतिनिधिसँग छलफल गरेका छन् ।केन्द्रीय कार्यालय सानेपामा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यसँग भौतिक रूपमा र अन्यसँग जुममार्फत उनले छलफल गरेका हुन्। मधेस र कोसी प्रदेशमा उत्पन्न घटनाक्रमपछि सामाजिक सद्भाव कायम गराउनेतर्फ जनप्रतिनिधिलाई केन्द्रित गराउन थापाले छलफल गरेका हुन् ।