बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सहमतिको सरकार बनाउन नेकपा (एमाले)ले अग्रसरता लिएको छ । एमालेले लुम्बिनीमा सहमतिको सरकार बनाउने भन्दै प्रदेश प्रमुख अमिक शरेचनलाई औपचारिकरुपमा पत्र बुझाएको छ । एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक तुलसी चौधरीले लुम्बिनी प्रदेशमा सहमतिको सरकार गठनका लागि पहल सुरु भएको बताउँदै लुम्बिनी प्रदेश प्रमुखको कार्यालयलाई औपचारिक जानकारी गराएको बताए ।…