भरतपुर । । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्दोष रहेको दाबी गरेका छन् । आइतबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सहकारी छानबिन प्रतिवेदनले नै लामिछानेलाई दोषी नदेखाएको दाबी गरेका हुन् । उनले लामिछाने जोडिएको गोरखा मिडिया नेटवर्कसम्बन्धी केही विषयमा भने सरकारले अनुसन्धान…