३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

कुमारी बैंकको ५ लाख ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं। कुमारी बैंकले ठूलो परिणामको संस्थापक सेयर बिक्रीका लागि बोलपत्र आह्‍वान गरेको छ। कम्पनीले ५ लाख ४९ हजार ६२६ कित्ता संस्थापक सेयर बोलकबोलमार्फत बिक्री गर्न बोलपत्र आह्‍वान गरेको हो।

उक्त सेयर संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नामको हो। सेयर खरिद गर्न इच्छुक संस्थापक वा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

सेयर खरिदका लागि आइतबारदेखि पुस ६ गतेसम्म बिक्री प्रबन्धक एनआईसी एसियामा निवेदन दिन सकिनेछ।

बैंकले सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ निर्धारण गरेको छ। सोभन्दा कम मूल्य अंकित गरी पेस गरिने आवेदन स्वत रद्द हुने छ।

न्यूनतम ५० हजार कित्ता खरिदका लागि आवेदन दिनु पर्नेछ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ३ : ३४ बजे