१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले करारमा माग्यो सर्जनदेखि नर्सिङ अधिकृतसम्म १६० कर्मचारी



मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले नवौं तहदेखि छैटौं तहसम्मका १६० कर्मचारी करारमा मागेको छ।

बिहीबार एक सूचना प्रकाशन गर्दै निर्देशनालयले नवौं तहमा ६ जना रेडियोलोजिस्ट, ६ जना प्याथोलोजिस्ट, ६ जना यौन तथा छाला रोग विशेषज्ञ, डेन्टल सर्जन ६ जना, एमडिजिपी १० जना, १० जना अर्थोपेडिक सर्जन, ८ जना एनेस्थेसियोलोजिष्ट, बाल रोग विशेषज्ञ १२ जना, स्त्री तथा प्रसूती रोग विशेषज्ञ ९ जना, जनरल सर्जन १० जना र १० जना जनरल फिजिसियन मागेको हो।

त्यस्त आठौं तहमा १० जना डेन्टल अधिकृत, २ जना आयुर्वेद चिकित्सक र २८ जना मेडिकल अधिकृत मागेको छ।

सातौं तहमा ३ जना अस्पताल व्यवस्थापक र ६ जना नर्सिङ अधिकृत मागेको छ। निर्देशनालयले छैटौं तहमा ६ जना अप्टोमेट्रिष्ट मागेको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आजको १५ दिन भित्र अनलाईबाट दरखास्त दिन सक्नेछन्। आवेदन दस्तुर छैटौं, सातौं र आठौं तहका लागि एक हजार र नवौं तहका लागि १ हजार २ सय तोकिएको छ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ६ : २२ बजे