काठमाडौ । पछिल्लो ८ वर्षदेखि संघीय सरकारले जेठ १५ मा बजेट सार्वजनिक गर्दै आएको छ। संविधानले नै जेठ १५ मा बजेट ल्याउने व्यवस्था गरेको कारण यस दिन बजेट प्रस्तुत गर्नैपर्ने बाध्यता सरकारलाई छ।
बजेट सार्वजनिक गर्ने दिन जस्तै विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने निश्चित दिन तोक्ने तयारी सरकारले गरेको छ।
प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने राष्ट्रिय विकास समस्या समाधान समितिको ५१ औं बैठकले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेस गर्ने समयावधि पर्याप्त कायम गर्न नीति तथा कानुनमा गर्नुपर्ने आवश्यक परिमार्जनको लागि सुझाव दिन समिति गठन गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालको संयोजकत्वमा योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रतिनिधि सम्मिलित समितिले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने दिन तय गरेको छ।
यस्तो मिति फागुन १५ लाई तोकिएको छ। यदि यो प्रतिवेदनको सुझाव अनुसार सरकारले कार्यान्वयनमा ल्यायो भने बजेटमा फागुन १५ को छुट्टै महत्त्व हुनेछ। बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने दिनका रूपमा काम हुनेछ।
प्रधानमन्त्री समेतको चासोले बजेट निर्माणको नयाँ तालिका तय गरिएको राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ।सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल गर्ने समय नहुने र छलफलमा आएका सुझाव पनि समावेश गर्न नसकिने अहिलेको स्थिति कसरी सम्बोधन गर्न सकिन्छरु अध्ययन गरेर दिन प्रधानमन्त्रीको निर्देशन थियो | योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले भने, ुहाम्रो टिमले अध्ययन गरेर प्रतिवेदन तयार गरेको छ, यसले अहिलेका समस्या सम्बोधन गर्नेछ।ु