८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

प्रधानमन्त्री दाहालले कार्यभार सम्हालेको भोली एक बर्ष पुरा हुदैं,राष्ट्रका नाममा सम्बोधन गर्ने



काठमाडौँ । प्रधानमन्त्रीपुष्पकमल दाहालले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजे सम्बोधन हुनेछ । गत वर्ष पुस १० मा उनी एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । एमालेसँगको गठबन्धन दुई महिनामै भत्केपछि उनी कांग्रेसकोसहितका दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ४ : ४५ बजे