१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

निर्जीवन बीमा कम्पनीको व्यवसाय खस्कियो



काठमाडौं । जीवन बीमा कम्पनीको ब्यवसायमा आर्कषण बढेतापनि निर्जीवन बीमा कम्पनीको व्यवसायमा भने गिरावट आएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

कम्पनीहरुले संकलन गरेको बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा २५ करोड ७४ लाख रुपैयाँले कम हो। २०७९ को मंसिरसम्म निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ९७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।

प्राधिकरणका अनुसार गत वर्ष मंसिरसम्मको तुलनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय ९लघुबीमा कम्पनी बाहेक० औसतमा १।६१ प्रतिशतले घटेको हो।

चालु वर्षको मंसिरसम्म लघु बीमा कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले २ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

यो वर्ष थप दुई लघु बीमा कम्पनीले गरेको व्यवसाय जोड्दा समेत निर्जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन २२ करोड ९५ लाख रुपैयाँले घटेको तथ्यांकले देखाउँछ।

कम्पनीहरुले जारी गरेको बीमालेखको संख्या भने गत वर्षको भन्दा २५ हजार १८३ ले बढी छ। गत वर्षको मंसिरसम्म निर्जीवन बीमा कम्पनीले ११ लाख ४७ हजार बीमालेख जारी गरेका थिए। यो वर्षको सोही अवधिमा ११ लाख ७२ हजार बीमालेख जारी गरेको प्राधिकरणले जनाएको छ।

गत वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलता, सुस्त आर्थिक गतिविधि र उपभोक्ताको क्रयशक्तिमा आएको ह्रासका कारण बीमा व्यवसायमा गिरावट आएको हो। सोही कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको नाफामा समेत गिरावट आएको थियो।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ७ : १२ बजे