१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

बीपी प्रतिष्ठानमा लगाएको ताला खोल्न अदालतको आदेश, हर्क साम्पाङलाई झड्का (आदेशससहित)



काठमाडौं । उच्च अदालत विराटनगरले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलन, हड्ताल र तालाबन्दी जस्ता स्वास्थ्य सेवामा अवरोध पुर्यागउने कार्य नगर्न आदेश गरिएको छ। उच्च अदालचका न्यायाधीस श्रीधराकुमारी पुडासैनीको एकल इजलासले उक्त आदेश गरेको हो।

बढुवा प्रक्रियामा असुन्तुष्टि जनाउँदै प्रतिष्ठानका कर्मचारीहरुको दुई हप्तादेखि आन्दोलन गरिरहेका छन्। शिक्षक कल्याण परिषद् र कर्मचारी कल्याणकारी परिषद्ले इमर्जेन्सी, आईसीयु र इनप्यासेन्ट बाहेकका सबै सेवाहरु बन्द गरेर आन्दोलन गरिरहेका छन्। धरानका उपमहानगरका मेयर हर्क साम्पाङले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका छन्।

जनताको स्वास्थ्य अधिकार हनन भएको भन्दै बन्द, हड्ताल, तालाबन्दी खोल्न आदेश दिएएको हो। भनिएको छ, ुमानवीय संवेदनशीलता रहेको स्वास्थ्य संस्थामा बन्द, हड्ताल र तालाबन्दी गर्दा स्वास्थ्य उपचारबाट बिरामी बञ्चित भइ स्वास्थ्य उपचारको हक हनन भएको हुँदा बन्द, हड्ताल र तालाबन्दी खोली दैनिक उपचार सेवा सुचारु गराउनू।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १ : ४१ बजे