१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

पार्टीले दिएको निर्णय सबैले मान्नुपर्छ : देउवा



पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको हितका लागि पार्टीले दिएको निर्णय पार्टीको पक्तिले मान्नुपर्ने बताएका छन् । सोमबार नेपाली कांग्रेस पर्वतको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीले दिएको निर्णय पार्टीको पक्तिले मान्नुपर्ने र टिकट नपाएको झोकमा अन्तर्घात गर्न नहुने बताएका छन् । टिकटमा चुनावका आकांक्षी थुप्रै हुने तर एउटाले मात्र पाउने हुँदा टिकट नपाउनेहरूले अन्तर्घात गर्न नहुने बताएका हुन् ।

देउवाले टिकटको आकांक्षीहरू धेरै हुने तर समावेशीसहितका पदहरूमा भाग लगाउँदा आशा गरेका थोरैले मात्रै टिकट पाउने अवस्था हुने बताए ।

उनले अवसर नपाएकालाई अवसर दिने र नीति सिद्धान्तमा रहेर काम गरेकालाई सम्मान गर्ने पनि बताए । देउवाले ुकांग्रेसीहरू इमान्दार भइदिने हो भने अबको निर्वाचनमा नेपाली कांग्रेस करिब बहुमतको नजिक पुग्नेु जिकिर पनि गरे ।

“हामी इमानदार हुँदै आपसी एक भएमा करिब बहुमत आउँछ । आज टिकट नपाएकाहरूले भोलि पाइन्छ । पार्टीभित्र एक हुनुको विकल्प नै छैन,” उनले भने, “टिकट नपाएको विषयमा पार्टीभित्र पछि कुरा गर्ने हो । अहिले त पार्टीलाई मजबुत बनाउनपर्छ । पार्टीको हितका लागि पार्टीले दिएको निर्णय मान्नुपर्ने हुन्छ ।”

पार्टीमा टिकट नपाएकाहरूलाई व्यवस्थापन गर्ने अरू धेरै ठाउँ हुने भन्दै उनले आगामी निर्वाचनमा फेरि नेपाली कांग्रेस नै ठुलो पार्टी बन्ने अवस्था आएको दाबी गरे ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : ०७ बजे