३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

आज तेस्रो दिन पनि सुनको मूल्य स्थिर, तोलामा कति ?



काठमाडौँ । नेपाली बजारमा लगातार सुनको मूल्य स्थिर रहेको छ । आज तेस्रो दिन पनि नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबारदेखि बजारमा सुन यही मूल्यमा कारोबार भइरहेको छ।

मंगलबार चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँ घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ११ : १९ बजे