३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

गभर्नर योग्यतामा प्रश्न उठाउदै दायर रिटको सुनुवाई हुँदै



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनमा आज सुनुवाइ हुँदै छ ।

न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको इजलासमा पेसी चढेको छ । तर, पेसी अन्तिममा रहेकाले आज सुनुवाइ हुने सम्भावना भने न्यून रहेको छ ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको पुस १३ गतेको एकल इजलासले माघ ९ गते पूर्ण ‍सुनुवाइ गर्ने आदेश दिएको थियो । ‘रिट निवेदकले अधिकारीलाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गरेकोमा सो सन्बन्धमा पूर्ण सुनुवाइबाट निर्णय हुनु पर्ने देखिन्छ,’ आदेशमा भनिएको थियो ।

सर्वोच्च अदालतले गभर्नर अधिकारीले दायर गरेको रिट निवेदन सरकारले गभर्नरबाट निलम्बन गर्ने निर्णयविरुद्ध गभर्नर अधिकारीले दायर गरेको रिट निवेदनलाई समेत एकसाथै राख्दै शैक्षिक योग्यतामा प्रश्न उठाएको विषयमा सुनुवाइ गर्न सर्वोच्चले आदेश दिएको छ

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ११ : ३० बजे