३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

सेयर बजारको ओरालो यात्रा रोकिएन, पाँचौ दिनपनि ओरालो यात्रामा



काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक निरन्तर ओरालो लागेको छ । सातामा कारोबारको पाचौँ दिन आज नेप्से परिसूचक तीन दशमलव ९४ अङ्कले घटेर दुई हजार ८४ दशमलव ०९ को बिन्दुमा कायम भएको हो ।

आइतबारयता नेप्से परिसूचक निरन्तर घटिरहेको छ । आज तीन सय चार कम्पनीको एक करोड १६ लाख ८९ हजार नौ सय ५५ कित्ता सेयर ९१ हजार तीन सय ६४ पटकको खरिद बिक्री हुँदा तीन अर्ब ७६ करोड ४५ लाख पाँच हजार चार सय ५० बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा ९१ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा एक सय ४१ कम्पनीको सेयर मूल्य घटेको छ । सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिटिजन्स म्युचुअल फण्ड(२ को सेयर मूल्य पाँच दशमलव ०३ प्रतिशतले घटेको छ ।

बिहीबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । यो कम्पनीको २८ करोड ६७ लाखबराबरको कारोबार भएको हो । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने ङ्यादी ग्रुप पावर लिमिटेडको पाँच लाख ९९ हजार सात सय ६१ कित्ता सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ५ : ४१ बजे