२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

राष्ट्रियसभा सदस्य निर्वाचन शान्तिपूर्ण : आयोग



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ ।

आयोगले सबै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार कोशी प्रदेशमा निर्वाचक मण्डलका सदस्यमध्ये प्रदेश सभाका सदस्यतर्फ ९३ जना मतदाता रहेकोमा ९३ जनाले नै मतदान भएको जानकारी दिनएको छ ।

आयोगले प्रदेशसभा सदस्यतर्फ १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २७३ मतदाता रहेकोमा २७१ जनाले मतदान गरी ९९.२७ प्रतिशत मतदान भएको जानकारी दिएको छ । यसरी कोशी प्रदेशतर्फ कूल मतदाता ३६६ मा ३६४ जनाले मतदान गरेकाले ९९.४५ प्रतिशत मतदान भएको छ ।

मधेश प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ १०७ जना मतदाता रहेकोमा १०६ जनाले मतदान गरी ९९।०७ प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २६७ मतदाता रहेकोमा २६७ जनाले नै मतदान गरी १०० प्रतिशत मतदान भएको छ । यसरी मधेश प्रदेशतर्फ कूल मतदाता ३७४ मा ३७३ जनाले मतदान गरेकोले ९९।७३ प्रतिशत मतदान भएको छ ।

प्रवक्ता पौडेलका अनुसार बागमती प्रदेशमा प्रदेश सभाका सदस्य तर्फ ११० मतदाता रहेकोमा १०८ जनाले मतदान गरी ९८.१८ प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २३७ मतदाता रहेकोमा ३३४ जनाले मतदान गरी ९८.७३ प्रतिशत मतदान भएको छ । यसरी बागमती प्रदेशतर्फ कूल मतदाता ३४७ मा ३४२ जनाले मतदान गरेकोले ९८.५६ प्रतिशत मतदान भएको छ ।

गण्डकी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ६० जना मतदाता रहेकोमा ६० जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७० मतदाता रहेकोमा १६९ जनाले मतदान गरी ९९.४१ प्रतिशत मतदान भएको छ । यसरी गण्डकी प्रदेशतर्फ कूल मतदाता २३० मा २२९ जनाले मतदान गरेकोले ९९।५७ प्रतिशत मतदान भएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ८७ जना मतदाता रहेकोमा ८७ जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २१८ मतदाता रहेकोमा २१६ जनाले मतदान गरी ९९।०८ प्रतिशत मतदान भएको छ । यसरी लुम्बिनी प्रदेशतर्फ कूल मतदाता ३०५ मा ३०३ जनाले मतदान गरेकोले ९९।३४ प्रतिशत मतदान भएको छ ।

कर्णाली प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ४० जना मतदाता रहेकोमा ४० जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १५६ मतदाता रहेकोमा १५६ जनाले नै मतदान गरी १०० प्रतिशत मतदान भएको छ । यसरी कर्णाली प्रदेशतर्फ कूल मतदाता १९६ मा १९६ जनाले नै मतदान गरेकाले १०० प्रतिशत मतदान भएको छ ।

सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ५२ जना मतदाता रहेकोमा ५२ जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७६ मतदाता रहेकोमा १७३ जनाले मतदान गरी ९८।३० प्रतिशत मतदान भएको छ । यसरी सुदूरपश्चिम प्रदेशतर्फ कूल मतदाता २२८ मा २२५ जनाले मतदान गरेकोले ९८।६८ प्रतिशत मतदान भएको छ ।

यसरी सातै प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ५४९ जना मतदाता रहेकोमा ५४६ जनाले मतदान गरी ९९।४५ प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १४९७ मतदाता रहेकोमा १४८६ जनाले मतदान गरी ९९।२७ प्रतिशत मतदान भएको छ । यसरी सबै प्रदेशतर्फ कूल मतदाता २०४६ मा २०३२ जनाले मतदान गरेकाले ९९।३२ प्रतिशत मतदान भएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ५ : ४६ बजे