८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सुदूरपश्चिममा माओवादीका संसदीय दलको नेता फेरिए, मानबहादुर धामी दलको नेता



काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा ९माओवादी केन्द्र०का बहुमत प्रदेशसभा सदस्यले दलको नेता फेर्ने निर्णय गरेका छन् ।

आज दलको बहुमत ६ जना सदस्यले दलको नेता फेर्ने निर्णय गरिएको छ । खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई नेता चयनको निर्णय गरिएको उपनेता रावलले बताए ।

त्यसको जानकारी संसद् सचिवालयलाई समेत गराइएको छ । भट्टले प्रभावकारी भूमिका निभाउन नसकेको आरोप बहुमत सदस्यको छ । केन्द्रीय नेतृत्वलाई जानकारी गराएर नै नेता फेर्ने निर्णय गरिएको हो ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : ०१ बजे