९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026

सुदूरपश्चिममा दलको नेता फेर्ने माओवादी किचलो फेरी बढ्यो



काठमाडौँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ।

शनिबार बसेको प्रदेश अध्यक्ष हरिराम चौधरी ‘उत्सव’को अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो।

संसदीय दलका नेता खगराज भट्टको जानकारीबिना उपनेता अक्कल बहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति ध्यानाकर्षण भएको जनाउँदै सच्याउन निर्देशन दिने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ। गत शुक्रबार प्रदेश संसदीय दलको नेता रहेका खगराज भट्टलाई दलको नेताबाट हटाएको थिायो।

संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेतामा मानबहादुर धामीलाई चयन गरेको थियो। भट्टलाई हटाएर धामीलाई दलको नेता चयन गरेपछि माओवादी पार्टीमा किचलो बढेको छ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १२ : ५७ बजे