८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

‘मेरो रुख म काट्छु’अभियानमा मेयरको आपत्ति, पत्र बन्यो भाइलर



पोखरा । बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियानप्रति पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आपत्ति जनाएका छन् ।

सोमबार पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर नियन्त्रण गर्न भन्दै स्थानीयलाई आफ्नो जग्गामा भएका रुख काट्न आग्रहसहितको सूचना जारी गरेका थिए । ‘मेरो रुख म काट्छु’ नाम दिइएको यो अभियान चलाउने विज्ञप्तिमा उल्लेख छ ।

सूचनामा साविक लामाचौर, पुरञ्चौर क्षेत्र बाँदरबाट अतिप्रभावित भएको उल्लेख छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै बाँदर नियन्त्रण गर्ने उल्लेख गरेकाले उक्त नीतिलाई साथ दिन खोजिएको सूचनामा जनाइएको छ ।

“‘आजको १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्‍याउन साथै आआफ्नो क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउन वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि सूचना प्रकाशित गरिन्छ,” पाण्डेले भनेका छन् ।उक्त सूचना अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । पत्रमाथि अधिकाशंले नकरात्मक टिपणी गरेका छन् ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ११ : १८ बजे