काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठक सकिएको छ। मंगलबार साँझ बसेको बैठकमा राष्ट्रियसभा निर्वाचन परिणाम र कोशीमा एक सिट गुमेको स्थितिबारे प्रारम्भिक छलफल भएको र गम्भीर तथा चिन्ताजनक रहेको विश्लेषण गरिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । बैठकपछि बालुवाटारमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता लेखकले भने– ‘यस विषयमा पछि पनि छलफल हुनेछ। माओवादी उम्मेदवारभन्दा पनि समग्र गठबन्धन उम्मेदवार पराजित भएको हो भन्ने कुरा भयो। यो गठबन्धन कै सरोकारको विषय हो ।’
यही माघ ११ गते सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा भोट क्रस हुँदा सत्तारुढ गठबन्धनकी उम्मेद्वार चम्पादेवी कार्की पराजित भएकी थिइन् ।
१६ माघ २०८०, मंगलबार
0
Shares