काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर मिडिया पब्लिकेसनविरूद्ध मुद्दा हालेका छन्।
मंगलबार जिल्ला अदालत काठमाडौंमा कान्तिपुरविरूद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गरेको हुन् ।
‘कान्तिपुरल् आफ्नो गाली बेइज्जती हुने गरी समाचार लेखेको भन्दै उहाँले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ बमोजिम सजाय र क्षतिपूर्तिस्वरूप सांकेतिक रूपमा १५१ रुपैयाँ माग गरेका छन् ।
उनकाअनुसार कान्तिपुर पब्लिकेसनले गाली बेइज्जतीसम्बन्धी कसुरको दफा ३०५ र ३०६ बमोजिम कसुर गरेकाले ३०५ अनुसारको सजाय मागदाबी गरिएको हो।
पछिल्लो समय कान्तिपुरले पोखरा, चितवन, बुटवल लगायतका सहकारीहरूमा सर्वसाधरणले जम्मा गरेको पैसा ग्यालेक्सी टिभीका अध्यक्ष जिबी राईले ठगी वा अपचलन गरेर फरार भएको समाचारहरू लेखेको थियो। त्यसमा ग्यालेक्सीका तत्कालीन एमडीसमेत रहेका लामिछानेको संलग्नता रहेको भन्दै समाचारहरू प्रकाशन गरेको थियो। कान्तिपुर बिरूद्ध रविले यस अघि अभिब्यक्ति दिदै आएका थिए । आफ्ना फेसबुक स्टाटसहरूमार्फत् प्रतिवाद गर्दै आएका थिए।
मुद्दा दर्ता गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै लामिछानेले आफ्नो बदनाम गरेकाले कानुनी उपचारमा बाध्य भएको लेखेका छन् । उनले लेखेका छन्,
‘मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो बचन भो,’ उनले लेखेका छन्, ‘मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरूद्ध कानुनी उपचारमा गएको छु।’
आफू समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाला नभएको पनि उनले उल्लेख गरेका छन्।
‘