२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

स्वास्थ्य मन्त्रालयले भन्छ कोरोनाको नयाँ सब(भेरियन्टको जोखिम बढ्यो, सतर्क बनौं



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड(१९ को नयाँ सब(भेरियन्ट जेएन।१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालमा अहिलेसम्म यो सब(भेरियन्ट पुष्टि नभएपनि छिमेकी देशहरुमा संक्रमण बढिरहेकाले सतर्कता अपनाउन ध्यानाकर्षण गराएको हो।

ुकोभिड(१९ को नयाँ सब(भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरुमार्फत आवश्यक स्क्रीनिंग र निगरानी भइरहेको साथै कोभिड(१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जानकारी गराउँदछौुं मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा छ,ुभिडभाड हुने स्थानहरु जस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डहरु जस्तै मास्कको प्रयोग गर्नुहुन, भौतिक दूरी कायम राख्नुहुन र हातको सरसफाईमा विशेषतः ध्यान दिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १० : ०८ बजे