८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

शितलनिवास पुगेर जयशंकरले गरे राष्ट्रपतिसँग शिष्टाचार भेट



काठमाडौ । भारतका विदेशमन्त्री एस जयशंकर र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता भएको छ ।
विदेशमन्त्री जयशंकरले राष्ट्रपति निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भिरतापूर्वक काम गर्न जरुरी रहेकोमा जोड दिएका थिए।

उनले कृषि, उर्जा शक्ति, पर्यटनको विकास र मानव संसाधन विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह गरेका छन्।

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका संभावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  १२ : २६ बजे