१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

आज उमेदवारको नामावली प्रकाशन, भोली उमेदवारको अन्तिम नामावली प्रकाशन

राष्ट्रियसभा निर्वाचन



काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बिहिबार उमेदवारको नामावली प्रकाशन हुने कार्यतालिका छ । बुधबार र बिहिबार उजुरीउपर छानबिन गरेपछि निर्वाचन आयोगले आजै उमेदवारको नामावली प्रकाशन गर्ने बताएको हो ।

मनोनय दिएका उमेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो । यस अवधीमा दुई उमेदवारविरुद्ध उजुरी परेको थियो । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका दलित समूहका उमेदवार विष्णु बिकविरुद्ध उजुरी परेको थियो । सोमबार उमेदवारहले मनोनयन दर्ता गरेका थिए ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

पुस २८ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।

माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि मतदान गरिनेछ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  १० : १५ बजे