काठमाडौ । तपश्वीको भेषमा आश्रम खोलेर अपराधका गरेका रामलाल बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको छ।
न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बिहीबार थुनछेक बहसपछि बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएपछि बम्जनलाई जलेश्वर कारागार पठाइएको छ ।।
बम्जनलाई प्रहरीले बिहीबार बिहान सर्लाही जिल्ला अदालतमा पेस गरेको थियो। बम्जनलाई सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोटस्थित स्याङ्बो डाँडामा रहेको आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दायर भएको थियो।
ती बालिकालाई २०७३ साल साउन २० गते राति विभिन्न प्रलोभन देखाएर जबरजस्ती करणी गरी यौन सन्तुष्टि लिएको र पीडितलाई डर, धाक, धम्की देखाइएको दायर मुद्दामा उल्लेख छ। घटना भएको बेला बालिका १५ वर्षको मात्रै थिइन्।
विभिन्न जिल्लाहरूमा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी० ले मङ्गलबार साँझ काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–६, स्थित निवासबाट पक्राउ गरेको थियो। बम्जनलाई कडा सुरक्षाकाबिच बुधबार राति सर्लाही ल्याइएको थियो।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी बम्जनलाई विमानमार्फत यहाँ ल्याउने तयारी गरिए पनि मौसम प्रतिकुल रहेकाले विमान आउने÷नआउने निश्चित नभएपछि राति नै सडक मार्ग भएर यहाँ ल्याइएको हो।
सिआइबीको टोलीले मंगलबार साझ बुढानिलकण्ठबाट निवासबाट पक्राउ गरेको थियो । उनको घरबाट स्रोत नखुलेका नगद पनि बरामद गरेको थियो।
प्रहरीले कुल ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बराबरको नगद बरामद गरेको छ। १७ देशका विदेशी मुद्राहरू ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको बरामद गरेको थियो।