१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

कोरोनाको नयाँ सब-भेरियन्ट जेएन डट वान नेपाल सहित ४० भन्दा धेरै देशमा फैलियो



काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन (डबलुएचओ) का अनुसार कोरोनाको नयाँ सब(भेरियन्ट जेएन डट वान हालसम्म नेपाल सहित विश्वका ४० भन्दा धेरै देशमा फैलिसकेको छ ।

नेपालमा कोरोना भाइरसको नयाँ सब(भेरियन्ट जेएन डट वान पुष्टि भएको छ । चिकित्सकका अनुसार जेएन डट वान ओमिक्रोन भेरियन्टको नयाँ स्वरूप हो।

नेपालमा कोरोनाको नयाँ सब(भेरियन्ट पहिलेको जस्तै फैलिने हो की भन्ने धेरैले आशङ्का छ । डबलुएचओले पनि यो भाइरसलाई कम घातका रूपमा वर्गीकरण गरेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिडको बिरामीको भर्ना र उपचार गराउने बिरामीको दर बढ्दै गएको छ ।

ज्वरो आउने, खोकी लाग्ने, नाकबाट बग्ने, घाँटी दुख्ने, शरीर दुख्ने र थकान हुने यो भेरियन्टका मुख्य लक्षण हुन् ।

यो भाइरस धेरै सङ्क्रमण भएपनि कम घातक भनिएका छ । तर,जोखिम वर्ग ज्येष्ठ नागरिक, गर्भवती महिला, स्वास्थ्यकर्मी,रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यो भाइरसको जोखिम बढी हुने चिकित्सकले बताउने गरेका छन् ।

वृद्धवृद्धा,दीर्घरोगी,गर्भवती रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई रोगको जोखिम कमगर्न कोरोना विरुद्धको खोप लगाउन अस्पतालले आग्रह छ ।

नेपालमा कोरोनाले १० लाख तीन हजार ३६१ जना सङ्क्रमित भैसकेका छन् भने १२ हजार ३१ जना सङ्क्रमितको मृत्यु भएको छ । सरकारले ९० प्रतिशत जनसङ्ख्यालाई पहिलोमात्र खोप लगाइसकेको जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ३ : ०८ बजे