८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

ज्ञानेन्द्र अब प्रशिक्षक, पहिलो डेब्यूमै सफलता



काठमाडौं । क्रिकेट खेलाडी ज्ञानेन्द्र मल्लले आइतबार प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ क्लबको प्रशिक्षकको रुपमा डेब्यू गरेका छन् ।

५ महिना अघि खेल जीवनबाट विश्राम लिएका ज्ञानेन्द्र आज देखी प्रशिक्षकको भूमिकामा आएका हुन् । प्रशिक्षकको भूमिकामा आएकै दिन एपीएफले बागमतीलाई ८९ रनको फराकिलो अन्तरले पराजित गर्दा ज्ञानेन्द्रले पहिलो खेलमै सफलता हात पारे ।

सन् २०१७ मा एपीएफ क्लबबाटै खेलेका ज्ञानेन्द्रले त्यसपछि भने बागमती प्रदेशबाट घरेलु प्रतियोगिता खेलेका थिए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १० : ०३ बजे