१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

आयल निगम कार्यकारी निर्देशक बन्न चौध जनाको आवेदन



काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाको आवेदन परेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ गते कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट छनोट गर्न सूचना प्रकाशन गरेको थियो । सोही अनुसार कार्यकारी प्रमुुखमा १४ जनाको आवेदन परेको हो । यस अघि निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्साद थानीले राजीनामा दिएपछि सो पद रिक्त थियो ।

मन्त्रालयका अनुसार निगम प्रमुुखका लागि महोत्तरीका कमलेन्द्रलाल कर्ण, काठमाडौँका उत्तरकुमार रेग्मी, ई। सहदेव चन्द, दिलीप शेखर श्रेष्ठ, चितवनका ई। डा। डोलप्रसाद चापागाईं, मोरङका पङ्कजकुमार दास, माधव रेग्मी, ई। आमोदप्रसाद चौधरी, धनुषाका रामदेव यादव, सप्तरीका सञ्जीवकुमार देव, गोरखाका चण्डिकाप्रसाद भट्ट, दाङका वसन्तकुमार पाण्डे, बागलुङका डोलिन्द्रप्रसाद शर्मा र ललितपुरका शत्रुघ्नप्रसाद पुडासैनी निगमको कार्यकारी निर्देशकमा आवेदन दिएका छन् ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  २ : २२ बजे