काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विदेश गएका युवालाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक संघ ९इप्पान०को २४औँ वार्षिकोत्सव कार्यक्रममा उनले
युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् ।
विदेश गएका युवालाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । उनले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढेको उल्लेख गरे । विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित सरकारले काम गरिरहेको उनको भनाइ छ ।
सुशासन प्रभावकारी बनाउने र इकोनोमी एक्टिभिटी बनाउने काममा सरकार लागिपरेको उनले बताए । उनले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजान सके मात्र युवालाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने बताए ।
अब पनि बकबक गरेर बस्ने र ढिला गर्ने समय सरकारलाई नरहेको उनको टिप्पणी छ । “अब बकबक गर्ने समय हामीसँग छैन । अब ढिला गर्ने समय छैन,” उनले भने, “सबै मिलेर सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फेर्नैपर्छ ।”