काठमाडौं । कोशी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रदेश मन्त्रिपरिषद्को वेबसाइटमा बुधबार सम्पत्ति विवरण सार्वजनिक गरिएको हो।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग १५ तोला सुन रहेको विवरणमा उल्लेख छ। त्यस्तै, ८० तोला चाँदी रहेको उल्लेख छ। सुन तथा चाँदीको स्रोतको रुपमा विवाह, उपहार तथा खरिद भनिएको छ।
विभिन्न व्यक्तिका नाममा कृषि विकास बैंक तथा एभरेष्ट बैंकमा गरी ७ लाख ९४ हजार ७४२ रुपैयाँ बचत रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
मुख्यमन्त्री कार्कीकी श्रीमती शान्तादेवी बस्नेतको नाममा रहेको ०(१(१२ १र२ क्षेत्रफलको जग्गामा घर रहेको उल्लेख छ। त्यसको स्रोतको रुपमा पैतृक सम्पत्ति बेचबिखन तथा जागिर भनिएको छ।
बस्नेत सहित परिवारका सदस्यका नाममा विभिन्न ५२ वटा संस्थामा सेयर रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ।
त्यस्तै, सरकारका रहेको केही मनि्त्रहरुको समेत सम्पति्त सार्वजनिक गरिएको छ । जसमध्ये सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले इलामको रोङ गाउँपालिका(४ र ६ को ५ ठाउँमा जग्गा रहेको खुलाएका छन्। १० तोला सुन र बैंक मौज्दात ६२ हजार र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा आफ्नो परिवारको सदस्य मालती राईको नाममा १ लाख ५० हजार रुपैयाँ बराबरको शेयर पूँजी रहेको राईले उल्लेख गरेका छन्। उनको यावा अलैंची खेती तथा नर्सरी र यावा बाख्रा फर्म २०७० सालमा दर्ता गरी सञ्चालनमा छ।
यसैबीच, भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूले पाँचथरको फालेलुङ(१, फालुलुङ(२ र झापाको मेचीनगर नगरपालिका(५ मा ६ कित्ता जग्गा रहेको खुलाएका छन्। सुनचाँदीमा ११ तोला सुन र १५ तोला चाँदी रहेको उनले उल्लेख गरेका छन्। उनको १ लाख रुपैयाँ बैंक मौज्दात रहेको र अरुण काबेली हाइड्रो पावर लिमिटेडमा ५० कित्ता शेयर रहेको खुलाएका छन्। जबेगुले हातेमालो सहकारीबाट ४ लाख ऋण लिएको र आफ्नो साथमा १ वटा दुहुना गाई, १ हल गोरु र १ वटा खसी १ रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
त्यस्तै, वन, पर्यटन तथा वातावरणमन्त्री गणेश उप्रेतीले श्रीमती नरमाया भट्टराईको नाममा विराटनगरमा १ कट्ठा ५ धुर र सुनसरीको इटहरीमा ११ धुर जग्गा रहेको उल्लेख गरेका छन्। उनको परिवारसँग १० तोला सुन र २० तोला चाँदी तथा विभिन्न बैंकमा परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद रहेको उल्लेख छ।
उप्रेतीको परिवारको नाममा विभिन्न वित्तीय संस्थामा १ हजार ४ सय ५० कित्ता शेयर रहेको सम्पत्ति विवरणमा खुलाइएको छ। उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा ३९ लाख ५० हजार ऋण तिर्न बाँकी रहेको देखाएका छन्। उनको एउटा होण्डा मोटरसाइकल र सुजुकी ब्राण्डको स्कुटर रहेको विवरणमा उल्लेख गरेका छन्।