काठमाडौं । उद्योगी व्यवसायीले व्यापारी अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेकोप्रति नेपाल उद्योग परिसंघ ९सीएनआई० ले आपत्ति जनाएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा जालसाँजी गरी आफ्नो नाममा नामसारी गरेको आरोपमा चौधरीलाई हिजो बिहीबार महाराजगञ्जबाट पक्राउ गरेको थियो ।
नेपाल उद्योग परिसंघ ९सीएनआई० ले हिजै आकस्मिक पत्रकार सम्मेलन गरी पूर्वसूचनाबिनै हठात चौधरीलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । परिसंघ अध्यक्ष राजेश अग्रवालले नेपाली माटोमा हुर्किएका चौधरी देश छाडेर कतै जान नसक्ने भन्दै हठात पक्राउ गरिएको बताए ।
प्रहरीले पूर्वसूचना बिनै पक्राउ गरेको र यसअघि अनुसन्धानका लागि चौधरीलाई नबोलाएको उनले उल्लेख गरे । चौधरी पक्राउ प्रकरणले निजी क्षेत्रलाई त्रसित बनाउने काम भएको आरोप उनले लगाए ।
‘अरुण चौधरीको पक्राउले सम्पूर्ण उद्योगी व्यवसायीको मानमर्दन भएको हामीले महसुस गरेका छौं,’ पत्रकार सम्मेलनमा आग्रवलले भने । पर्याप्त कारणबिना शंकाका भरमा वैयक्तिक स्वतन्त्रता हनन् हुने गरी पक्राउ गरिनु न्यायसंगत नरहेको दाबी परिसंघको छ ।