काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक नाम दर्ता ९लाइसेन्स० परीक्षाको नतिजामा योपटक सुधार भएको छ । काउन्सिलले यही माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको ६८औँ लाइसेन्स परीक्षामा ५६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।
मेडिकलतर्फ ५५।९६ र डेन्टलतर्फ ६१।०५ गरी समग्रमा ५६।६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको काउन्सिले जनाएको छ ।
दुई हजार २२ परीक्षार्थीमध्ये एक हजार १४६ जना उत्तीर्ण भएका हुन् । ६७औँ लाइसेन्स परीक्षामा ४६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।