काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रियसभाको अध्यक्षमा पार्टीको दाबी रहने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् । ‘राष्ट्रियसभा अध्यक्ष प्राकृतिक रुपले माओवादी केन्द्रले दाबी गर्छ। यसमा हाम्रो दाबी रहन्छ । कोसी प्रदेशमा सत्ता गठबन्धन सफल भएन। अहिलेको शक्ति सन्तुलन मिलाउनका लागि पनि माओवादीले राष्ट्रियसभाको अध्यक्ष पाउन पर्छ।’ पूर्ववत समझदारी अनुसार प्रधानमन्त्री पुष्कमल दाहाल प्रधानमन्त्री पदबाट बाहिरिएपछि संवैधानिक पदहरुबाट माओवादी बाहिर रहने भएकाले राष्ट्रियसभा अध्यक्ष जसरी पनि लिने रणनीतिमा छ ।
२४ माघ २०८०, बुधबार
0
Shares