३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

डीआईजी अर्जुन चन्द ठकुरी तानिए प्रहरी प्रधान कार्यालयमा



काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ९डीआईजी० अर्जुन चन्द ठकुरीको सरुवा गरेको छ ।

चन्दलाई विमानस्थलबाट प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा काज सरुवा गरेको हो । प्रदेश समन्वय विभागको प्रमुखमा हाल एआईजी सुदिप गिरी छन् ।

माघ २१ मा अन्तर्राष्ट्रिय विमानस्थलतर्फको डिपार्चरको वाक थ्रु ९एक्स–रे० गेटमा अध्यागमनका अधिकृत छायाँलाल मोक्तान र जाँचमा खटिएका प्रहरी जवान रविरन्जन गुप्ता, प्रहरी सहायक निरीक्षक संजय तामाङसहित तीन प्रहरी कर्मचारीसँग लात्तामुक्का भएको थियो ।

उक्त विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वमा समिति समेत बनाएको थियो । समितिले असई तामाङ निलम्बन र अध्यागमन अधिकृत मोक्तानलाई त्यहाँबाट हटाउन सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : ०२ बजे