१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

नेपालमा मूल्यवृद्धि पाँच प्रतिशत माथि



काठमाडौं । नेपालमा मूल्यवृद्धि दर ५ प्रतिशत माथि पुगेको देखिएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र८३ को असारसम्मको विवरणमा मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा बढेको देखिएको हो ।

बैंकका अनुसार २०८३ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५।१४ प्रतिशत रहेको रहेको छ। २०८२ असार महिनामा यस्तो मुद्रास्फीति २।२० प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८२र८३ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३।०८ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ४।०६ प्रतिशत रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८२र८३ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको मूल्यवृद्धि १०।०५ प्रतिशत, फलफूलको ७।०९ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ३।२८ प्रतिशत रहेको छ भने तरकारी उप–समूहको मूल्य सूचकांक ३।९५ प्रतिशत, मरमसलाको ३।६६ प्रतिशत र दाल तथा गेडागुडीको ३।४१ प्रतिशतले ऋणात्मक रहेको छ।

साथै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको मूल्यवृद्धि १७।६१ प्रतिशत, शिक्षाको ७।०४ प्रतिशत, यातायातको ५।८० प्रतिशत र कपडा तथा जुत्ता चप्पलको ५।५६ प्रतिशत रहेको छ भने बिमा तथा वित्तीय सेवाहरूको सूचकांक ०१ प्रतिशतले ऋणात्मक रहेको हो।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ६ : ३१ बजे