३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

अख्तियारले डामेको , आयोगले पोलेकोलाई घर पठाइदिऊँ: गगन



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विवादित छवि भएका पदमा आसिनलाई घर फकाउँनुपर्ने वताएका छन् ।
सहकारीमार्फत ठग्ने, दुईचारथान नागरिकता राख्नेलाई घर नै पठाएर अनुसन्धान गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले ‘आसनको दायाँ बसेको’ भनी हेर्न नहुने टिप्पणी गरे ।

“आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तिायारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऊँ,” उनले भने, “सहकारी ठग्ने, दुईचारथान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔँ ।”

केही दिनयता संसद् बैठकमा एकार्कालाई दागी देखाउने काम भएकाले जनताको मुद्धाहरु ओझेलमा परेको उनको भनाई छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १ : १३ बजे