काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रियसभाको अध्यक्ष आफ्नो पार्टीकै हुने दाबी गरेका छन । हिजो सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शर्माले यस्तो बताएका हुन ।
उनले राष्ट्रियसभाको ठूलो दलको हिसाबले अध्यक्षमा आफ्नो पार्टीको दाबी रहने बताएका छन । उनले हालसम्म गठबन्धन दलहरुका बीचमा अध्यक्ष पद कसलाई दिने भन्नेमा सहमति नभएको बताएका छन् ।
उनले आगामी दिनमा सरकारको नेतृत्वमा आलोपालो हुँदा माओवादी केन्द्रसँग केही नहुने भन्दै राष्ट्रियसभा अध्यक्ष आफूहरुकै हुने बताएका छन । उनले भने, ‘राष्ट्रियसभाको सबभन्दा ठूलो दल हाम्रा हो ।’
उसले दाबी नगरे कसले गर्छ रु संस्थागत रुपमा कसैको पनि सहमति भएको छैन, ‘ठूलो दलले दाबी नगरे कसले गर्ने र रु भोलि सरकारको आलोपालो होला ।